देश विकासमा उपयोगी हुने सीपमूलक शिक्षा नै आजको आवश्यकता : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं सुदूरपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले रोजगारीका लागि विदेशिनु पर्ने परिस्थितिलाई मनन गर्दै युवा जनशक्तिलाई देश विकासको कार्यमा उपयोगी हुने सीपमूलक शिक्षा, आधुनिक कृषि तथा वन विज्ञानतर्फको अध्ययनको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको आज यहाँ आयोजित नवौँ साधारणसभालाई सम्बोधन गर्दै उहाँले विश्वविद्यालयले विशेषतः त्यस क्षेत्रका नागरिकलाई उच्च शिक्षामा सहज पहुँचको सुनिश्चिता…