काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले स्थापना दिवसका अवसरमा पालिकामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई सम्मान गरेको छ । बिहीबार नगरपालिकाको आठौँ स्थापना दिवसका अवसर पारेर नगरपालिकाले कोरोना महामारीको बेलामा जोखिमका बीचमा पनि सङ्क्रमण न्यूनीकरणमा खेलेका भूमिका र नगरपालिकाको विभिन्न शाखामा रहेर सेवाग्राहीलाई पु¥याएको सेवाको सम्मान गर्दै कर्मचारीलाई सम्मान गरेको हो । कोभिड–१९ रोकथाम र नियन्त्रणका क्रममा सक्रियतापूर्वक खटिएका…