राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धको जन्मस्थलमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ को कामबारे जानकारी लिनुभएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्तकालय भवनको समुद्घाटन समारोहमा सरिक हुन लुम्बिनी आउनुभएकी राष्ट्रपति भण्डारीले ‘अन्तर्राष्ट्रिय बौद्धसभा तथा ध्यानगृह’ निर्माणको कामबारे लुम्बिनी विकास कोषसँग जानकारी लिँदै काम छिटो पूरा गर्न आग्रह गर्नुभएको…