विदेशमा कोरोनाको तेस्रो भेरियन्टको त्रास बढिरहेको सन्दर्भमा बागलुङमा कोरोना सङ्क्रमणदर पुनः उकालो लाग्न थालेको छ । बिहीबारमात्रै बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै समुदायस्तरमा बिहीबार नै तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयमा कोरोनाको लक्षणपछि ८२ जनाको परीक्षण…