महिलाहिंसा : भ्रुणदेखि घाटसम्म

काठमाडौँ, १६ मङ्सिर (रासस) : काठमाडौँको बबरमहलस्थित नेपालकला परिषद्मा बाल चित्रकार काठमाडौँकी सुप्रिया पाण्डेको पहिलो एकल चित्रकला प्रदर्शनीको चित्र नं ३ झट्ट आँखा पुग्ने जो कोहीलाई एकछिन् टक्क अड्याउने खालको छ । चित्रको मुनी लेखिएको छ, “अनुचित भ्रूण परीक्षण पश्चात अनावश्यक चीज (पीप जस्तै मानेर) खिलसहित निकाल्ने पापको पराकाष्ठा ।” क्यान्भासमा गर्भभित्रै कैँचि चलाइएको मार्मिक…