काठमाडौँ महानगरपालिका–९ स्थित एयरपोर्ट सेकुवा कर्नरबाट दुर्लभ वन्यजन्तु चितुवाको छालासहित प्रहरीले आज तीन जनालाई पक्राउ गरेको छ । उनीहरूका साथबाट करिब दुई फिट दुई इञ्च लम्बाइ र सात इञ्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका–२ का २८ वर्षीय…