प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले यसै हप्ता नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली कांग्रेस पनि अर्को हप्ता १४ औँ महाधिवेशनका…