भारतको मुम्बैमा रोजगारीका लागि गएका शिव अधिकारी (नाम थर परिवर्तित) अहिले नियमित एआरभी (एन्ट्री रेक्ट्रो भाइरल) औषधि खाँदै हुनुहुन्छ । उहाँलाई १५ वर्ष अघि एचआइभी एड्सको सङ्क्रमण देखियो । त्यहाँ एचआइभी देखिएपछि उहाँलाई यो रोग प्राणघात रोग हो भन्ने लाग्यो । प्राणघातक रोग भएकाले अब बाँच्नु छैन भन्ने सोच बनाएर उहाँले आत्महत्या गर्ने सोच बनाउनुभयो…