जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मुलुकमा रहेका जातीय, क्षेत्रीय तथा सबै प्रकारका भेदभाव निर्मूल नभएसम्म लोकतन्त्रको संस्थागत विकास नहुने बताउनुभएको छ । पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनपश्चात आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले देशमा रहेका सबै प्रकारका विभेद अन्त्यका लागि आफ्नो पार्टी निरन्तर आन्दोलनमा रहने बताउनुभयो । उहाँले पार्टीको महाधिवेशन…