कांग्रेसलाई बलियो बनाउन सक्षम नेतृत्व आवश्यकः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । कांग्रेस काठमाडौँका सभापति पदका उम्मेदवार कृष्ण (सबुज) बानियाँ समूहको उम्मेदवारी घोषणासभामा उहाँले पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताउनुभएको हो । “पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढङ्गले सञ्चालन गर्नका लागि १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन आवश्यक…