शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल आज आकस्मिकरुपमा विद्यालयको अनुगमनमा जानुभएको छ । बिहीबार दिउँसो कक्षा चलिरहेका बेला उहाँ त्रिरपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयमा पुग्नुभएको थियो । विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन उहाँ सो विद्यालयको अनुगमनका लागि पुग्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री पौडेलले बालबालिकालाई भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर…