‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन तथा बीटूबी एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरसँगको सहकार्यमा ‘नेपाल–बङ्लादेश पर्यटन प्रवद्र्धन र बीटूबी एक्सचेन्ज’ कार्यक्रम सफलतापूर्वक आयोजना गरेको छ । कात्तिक ३० गतेदेखि मङ्सिर ५ गतेसम्म आयोजना गरिएको उक्त कार्यक्रमले दुई देशबीचको पर्यटन पुनरुत्थानका साथै क्षेत्रीय पर्यटन प्रवद्र्धनमा साझा रणनीतिका साथ अघि बढ्ने निष्कर्ष निकालेको पाटा नेपाल च्याप्टरले आज विज्ञप्तिमार्फत जनाएको छ…