खलङ्गा, ६ मङ््सिर (रासस) : पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । यहाँको तिला गाउँपालिका– ७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त हुनुहुन्छ । उहाँ जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागि पर्नुभएको छ । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरेको उहाँले बताउनुभयो ।…