सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेताहरुको म मात्रै ठूलो भन्ने प्रवृत्तिका कारण कम्युनिष्ट एकता लामो समयसम्म टिक्न नसकेको आरोप लगाउनुभयो । जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहनुभएका उहाँले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट एकता कायम हुन नसकेको…