भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले मन्त्रालय वा कर्मचारीले मात्रै नभएर जनताले अनुभूत गर्नेगरी विकास गर्न आफू लाग्ने बताउनुभएको छ । मन्त्रालयमा आज पत्रकारसँग कुराकानी गर्दै मन्त्री यादवले विकासको आकाङ्क्षा पूरा नहुँदा नागरिक आक्रोशित हुनु स्वभाविक भएको बताउनुभयो । उहाँले सबै कर्मचारीलाई काठमाडौँ केन्द्रित नभएर कार्यक्षेत्रमा जान र समय समयमा योजनामा भएका प्रगतिबारे जानकारी गराउन…