वायुसेवा निगमका महाप्रबन्धक मन्त्रालय तानिए

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का महाप्रबन्धक डिमप्रसाद पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानिनुभएको छ । महाप्रबन्धक पौडेललाई विज्ञका रुपमा मन्त्रालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ । पर्यटनमन्त्री स्तरको निर्णयबाट महाप्रबन्धक पौडेललाई मन्त्रालय तानिएको हो । महाप्रबन्धक पौडेलले मन्त्रालयले दिएको जिम्मेवारी पूरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “म आज मन्त्रालयमा हाजिर भएको छु, विज्ञका…