सरकारको सरकारात्मक कामलाई जनतामाझ लैजान राससलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारका सकारात्मक कामलाई जनताको बीचमा लैजाने प्रभावकारी माध्यमको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस) लाई आग्रह गर्नुभएको छ । प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रममा उहाँले जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रका रूपमा रहेको राससलाई थप परिष्कृत र प्रभावकारी बनाउन…