गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारका नीति तथा कार्यक्रमलाई आ–आफ्नो ठाउँबाट लागू गर्दै जनतालाई दिने सेवा सुविधा छिटोछरितो, चुरुस्त र दुरुस्त बनाउन कर्मचारीलाई निर्देशन दिनुभएको छ । लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला प्रशासन कार्यालयमा कर्मचारीलाई आज निर्देशन दिँदै उहाँले सरकारी सेवा तथा सुविधाबाट नागरिकलाई बञ्चित नगराउन र सरकारलाई सहयोग गर्न पनि सुझाव दिनुभयो ।…