नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य अवस्थाबारे नियमित चासो राख्नुका साथै शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । सभापति देउवाले महामन्त्री कोइराला चाँडै नै स्वस्थ भएर घर फर्कन पार्टीका तर्फबाट शुभेच्छा व्यक्त गर्नुभएको पार्टी कार्यालयले आज जनाएको छ । गत भदौ २३ गते कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएका महामन्त्री डा कोइराला ज्वरो…