ढोरपाटनका बाढी प्रभावितलाई सोलार

ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि १२६ थान घरेलु सौर्य ऊर्जा प्रणाली (सोलार) प्रदान गरिएको छ । सोमबार बाढीग्रस्त क्षेत्रमै पुगी बागलुङ–१ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतम र सौर्य विद्युत् उत्पादक सङ्घका सदस्य केशवराज शर्माले संयुक्तरूपमा सोलार हस्तान्तरण गर्नुभएको हो । सासंद पाठकको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ३२,…