तनहुँको सदरमुकाम दमौलीस्थित पृथ्वीराजमार्गसँगै जोडिएको सफा सडकमा फोहरको डुङ्गुर छ । सफासडक नमूना टोल व्यवस्थापन समितिले सफा सडकमा फोहर फालेमा रु एक हजार जरिवाना गर्ने सार्वजनिक सूचना टाँसेको छ तर सोही सूचनाको तल फोहरको डुङ्गुर थुपारिएको छ । सफा सडकबाट थोरै माथि व्यास नगर अस्पताल जाने बाटोमा पनि त्यस्तै फोहरको डुङ्गुर छ । बोराका बोरा…