संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । स्थानीय समय अनुसार शुक्रबार साँझ अरेगोनका गभर्नर केट ब्राउनले भन्नुभयो, “उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेका छन् । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका…