एमालेको नेतृत्व चयन सहमतिमै ः सचिव ज्ञावली

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञावलीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ । केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक÷दुई पदबाहेक अन्य…