गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बोक्सी प्रथालगायत विभिन्न कुरीति र विकृतिको अन्त्यका लागि मानिसको सोचाइमा परिर्वतन आवश्यक पर्ने बताउनुभएको छ । बोक्सी कु–प्रथाविरुद्ध राष्ट्रिय महाभियान सञ्चालन गर्दै आएको ‘मान्छे बोक्सी हुन्न कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको तेस्रो अधिवेशनको आज पोखरा महानगरपालिका–२५ हेमजामा उद्घाटन गर्दै उहाँले कानुन, नियम र सरकारी निर्णयले मात्र कुरीति अन्त्य नहुने…