जलवायु सम्मेलनमा नेपालको उपस्थिति र विश्व समुदायले देखाएको हार्दिकता

काठमाडौँ, २५ कात्तिक (रासस) : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअन्तर्गतको ‘वल्र्ड लिडर समिट’का क्रममा संयुक्त अधिराज्य (बेलायत)मा पाएको उच्च सम्मान, विश्वका शक्तिशाली देशका नेताहरुसँगको भेटवार्ता र मुुलुकका तर्फबाट राख्नुभएको स्पष्ट धारणाबाट नेपालको कूटनीतिक तथा परराष्ट्र सम्बन्धमा ठूलो उपलब्धि हासिल भएको छ । त्यस सम्मेलनका क्रममा भएका उच्चस्तरीय साइडलाइन वार्ताहरु, प्रधानमन्त्री देउवाले देखाउनुभएको आत्मविश्वास…