जलवायु परिवर्तनबाट सिर्जित समस्यालाई प्रभावकारी रुपमा उठान गरी तीनलाई समाधानको तहसम्म पु¥याउन सम्बन्धित क्षेत्रका अध्ययन, अनुसन्धान र ज्ञानलाई सञ्चारकर्मीले अनिवार्यरुपमा समेटनुपर्नेमा जोड दिइएको छ । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी विषयका जानकारले सो सुझाव दिनुभएको हो । नेफेजले जलवायु परिवर्तन र यसले कृषि, जलविद्युत् र बाढीपहिरोमा पारेको…