सैनामैनामा वैकल्पिक विधिबाट सोह्रश्राद्ध हुँदै

रुपन्देहीको सैनामैना नगरपालिकाले वैकल्पिक विधिबाट सोह्रश्राद्ध अर्थात् पितृपूजन कर्म गर्न आग्रह गरेको छ । नगरपालिकामा रहेका प्रतिनिधिमूलक पण्डितहरुको आज भएको भेलाले यस वर्ष जजमानका घरघरमा गएर श्रोह्रश्राद्ध नगर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमा देखिएपछि नगरपालिकाले सोह्रश्राद्धलाई भर्चुअल, अनलाइन वा अडियोका माध्यमबाट गर्न अनुरोध गरेको छ । स्रोह्रश्राद्धमा घरघरमा पण्डित बोलाएर पितृपक्षलाई तर्पण…