बुटवलमा ‘फुड बैंक’

कोभिड–१९ को महामारीबाट प्रभावितका लागि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा ‘फुड बैंक’ सञ्चालन गरिएको छ । रुपन्देहीमा क्रियाशील विभिन्न क्लबको सक्रियतामा बुटवलको ट्राफिकचोकमा आजदेखि खाद्य बैंक सञ्चालन गरिएको हो । लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकबाट एक पटकमा एक जनालाई अढाइ केजी चामल, आधा केजी दाल, एक केजी आलु, आधा लिटर तोरीको तेल,…