स्थानीय सरकार सञ्चालन ऐन संशोधनका लागि सुझाव माग

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को संशोधनका लागि जिल्ला समन्वय समिति, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँग सुझाव माग गरेको छ । मन्त्रालयका शाखा अधिकृत महेशकुमार दाहालले ऐनलाई समायानुकूल संशोधनका लागि मन्त्रालयबाट तयारी भइरहेकाले सुझाव मागिएको जानकारी दिनुभयो । सङ्घ, प्रदेश र स्थानीय तहबीचको सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन…