धमाधम मूर्ति भेटिँदै, सम्पदा संरक्षणको माग

धुलिखेल नगरपालिका–३ बतासेमा केही हप्ताअघि प्राचीन किराँतकालीन देवीको मूर्ति फेला प¥यो । सडक खन्ने क्रममा युवाहरूले दायाँ हात टुटेको अवस्थामा उक्त मूर्ति फेला पारेका हुन् । मूर्ति फेला परेपछि सोही स्थानमा राखेर पूजार्चना गरिए पनि निकै पुरानो भएको बताइएपछि असुरक्षित भएको जनाउँदै स्थानीय युवाले नगरपालिकालाई जिम्मा लगाएका छन् । करिब तीन फिट अग्लो उक्त मूर्ति…