कैलालीको टीकापुर नगरपालिकाले यस वर्ष किसानका लागि भैँसीका पाडापाडी र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम ल्याएको छ । नगरपालिकाले टीकापुरलाई मासुमा आत्मनिर्भर बनाउन भैँसीका पाडा र बङ्गुरका पाठा हुर्काउने कार्यक्रम गर्न थालेको हो । नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा भैँसीका पाडा र बङ्गुरका पाठा किनेर दिनेछ । “किसानको मागअनुसार ७५ प्रतिशत नगरपालिकाको लगानी र २५ प्रतिशत…