–विनोदसिंह विष्ट बैतडी, ६ भदौ । बैतडीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । विगतका वर्षमा जस्तै बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत पहाडी जिल्लामा जङ्गली जनावरले आतङ्क मच्चाएका हुन् । दिनमा बाँदर, रातिको समयमा जङ्गली बँदेल, दुम्सीलगायत जङ्गली जनावरले अन्नबाली र तरकारी नष्ट गर्दा किसान आतङ्कित भएका छन् । जङ्गली जनावर धपाउन रातदिन…