शिक्षा, स्वास्थ्य र रोजगारीका पूर्वाधार तथा संरचना प्राप्त शहरलाई मानिसले सुगम, सहुलियत र सुविधाका रुपमा लिन्छन् । तर जिल्लामा प्राप्त यही सुविधा यतिखेर चितवनलाई भने टाउको दुखाई बनेको छ । चितवनमा स्वास्थ्य उपचार सुविधा र रोजगारीका कारण बाहिरी जिल्लाबाट आउने बिरामी र कामदारबाट कोरोना भाइरस (कोभिड १९) भित्रिएको पाइएको विश्लेषण गरिएको छ । जिल्लामा रहेका…