बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोना भाइरस संक्रमण

काठमाडौँ, १ भदौ । वागमती प्रदेशसभाकी उपसभामुख राधिका तामाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालाबाट प्राप्त भएको रिपोर्टअनुसार उपसभामुख तामाङसहित मकवानपुरमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। तामाङको ३ दिनअघि स्वाब लिइएको थियो । काठमाडौंमा एकजना संक्रमित व्यक्तिसँगको बैठकको क्रममा आफुँपनि संक्रमित…