भक्तपुर नगर प्रवेश गर्ने १३ नाकामा कडाइ

कोभिड–१९ रोगका सङ्क्रमित समुदायस्तरमै फैलिँदै गएपछि भक्तपुर नगरपालिकाले भक्तपुर नगर प्रवेश गर्ने मुख्य १३ नाकामा कडाइ गरेको छ । नगरपालिकाले आजदेखि भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाका सल्लाघारी–नगरकोट सडक, कासान पुल, वन्ती, यातुमहादेव स्थान, शारदा क्याम्पस, गोसँ पुल, नाला सडक, थुसाचा, हनुमानघाट, भेलुखेल, राममन्दिर, बाराही र दूधपाटी नाकामा कडाइ गरिएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो…