गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले बाढी पहिराका कारणबाट प्रदेशमा क्षति पुगेका सिँचाइ नहर, कुलो लगायतका संरचना तत्काल मर्मतको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । सिँचाइ प्रणालीमा प्राकृतिक विपत्तिले क्षति पु¥याउँदा कृषक मर्कामा परेको तथा समयमै मर्मत नगरे उत्पादनमा असर पुग्न गई खाद्यान्न उत्पादनमा आत्मर्निभर बन्ने सरकारी लक्ष्य समेत प्रभावित हुने भएकाले समितिले सरकारको…