कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ स्थित वनहरा नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेको छ । गत वर्ष रु दुई करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको पुल भरपर्दो तटबन्ध निर्माण नहुँदा जोखिममा परेको हो । पुलको उत्तरतर्फको तिलकी र दुवाहा क्षेत्रमा नदीले जग्गा कटान तीव्र बनाएको स्थानीय लक्ष्मण रानाले बताउनुभयो । जग्गा कटान रोक्नका लागि गत…