समुदायस्तरमै कोरोना देखिएपछि बाँकेमा जिल्ला प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकैदिन ३० जनामा सङ्क्रमण देखिएपछि कोरोना सङ्कट व्यवस्थापन समितिको बैठकले आजदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमण रोक्न हाललाई तीन दिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी…