जुरे पहिरोका पीडित भन्छन्–अझै राहत पाइएन

– देवराज सुवेदी सिन्धुपाल्चोक, १७ साउन । हेरक खाले विपत्ति सिन्धुपाल्चोकसँग जोडिएका छन् । विसं २०७१ को जुरे पहिरो, २०७२ सालको भूकम्प अनि २०७७ को भोटेकोशी पहिरो । सिन्धुपाल्चोकमा यस्ता घटना भइरहेका छन् तर पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आजभन्दा ठीक छ वर्षअघि साउन १७ गते जुरेमाथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती पुरियो…