सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि, निजी सुरक्षाकर्मी र चालकलाई पनि कोरोना पोजिटिभ

वीरगन्ज, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । सांसद यादवले संक्रमण पुष्टि भएको जानकारी फेसबुकमार्फत गराउनु भएको हो । हिजो  नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै सांसद यादवसंगै उनका निजी सुरक्षाकर्मी र चालकलाई पनि कोरोना संक्रमण भएको छ…