प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले शनिबार पर्ने इस्लाम धर्मावलम्बीको महान पर्व बकरिदको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा इद–ऊल अजहा (बकरिद)को अवसरमा देश विदेशमा बस्नुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दे मुख्यमन्त्री राउतले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा र सुख शान्तिमा अभिवृद्धि होस् भनी…