याङ र घुन्सामा आलु उत्पादन वृद्धि

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष निराश भएका कृषक यस याममा उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन् । फक्ताङलुङ –६ का पेमा शेर्पाले एकमुरी मुरी आलु गत असारमा रोप्नुभएको थियो । उहाँले भन्नुभयो “ सातमुरी भन्दा वढी उत्पादन भयो ” । सोही गाउँका…