हिउँदको आभास हुन थालेसँगै बागलुङका पर्यटकीय क्षेत्र भरिन थालेका छन् । दुई वर्षयता कोरोना महामारीका कारण पर्यटन याममा समेत सुनसान जस्तै रहेका यहाँका धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र भरिभराउ हुँदा सरोकारवाला उत्साहित छन् । जिल्लाको जैमिनी नगरपालिका–१ का प्रकाश शर्माले हाँडिकोट टापु पुग्ने योजना बनाएको चार वर्ष भयो । काठमाडौँमा पढाइ र रोजगारीका लागि बस्ने…