बर्दियाको राजापुर र गेरुवा क्षेत्र डुबानमाः हजारौँ घर परिवार विस्थापित

विगत तीन दिनको अविरल वर्षाले बर्दिया जिल्लाका राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका वस्ती डुबानमा परेका छन् । शनिबारदेखि आएको लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीबाट सो क्षेत्रका एक हजार दुई सयभन्दा बढी घर र सयौं विघामा लगाइएको धानबाली डुबानमा परेको जिल्ला प्रशासन कार्यालय बर्दियाको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनुभयो । गेरुवा गाउँपालिकाको सन्कतिघाट…