नेपाली कांग्रेसले बाढी, पहिराबाट दर्जनौँ जिल्लामा ३१ जनाको मृत्यु, ४३ जना बेपत्ता, कैयौैँ घाइते र कैयौँ विस्थापित हुन पुगेको घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नागरिकको यो संवेदनशीलताप्रति सहानुभूति प्रकट गरेको छ । केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारणले देशका विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको छ भने जनजिवन अस्तव्यस्त भएको…