नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गर्नुभएको छ । एकीकृत समाजवादी काभ्रेपलाञ्चोकको जिल्ला पार्टी कार्यालयको उद्घाटन एवं विजयादशमी, शुभदीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा आज आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई…