नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सिंहदबारस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गर्नुभएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आजै सपथ ग्रहपछि उहाँले मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै विशेष परिस्थितिमा बनेको सरकार भएकाले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । “यो सरकार विशेष समयमा बनेको हो, यसका निश्चित कार्यभार छन्”, मन्त्री बडुले भन्नुभयो, “मलाई पूर्णरूपमा…