शिवसताक्षी नगरपालिकाले चार वर्षमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्र र छ वटा वडा कार्यालयका भवन निर्माण गरेको छ । जनतालाई सहजरूपमा सेवा प्रदान गर्ने उद्देश्यले सो भवन निर्माण गरको जनाइएको छ । पालिकाले रु २० करोड ४० लाखको लगानीमा आठ वटा आधारभूत स्वास्थ्य केन्द्रका भवन रु चार करोड ४५ लाखको लगानीमा छ वटा वडा कार्यालयका…