काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिस्रीले आज मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा नेपाल भारत सम्बन्धका विविध आयामको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयमा कुराकानी भएको थियो। सो भेटका क्रममा मन्त्री डा. राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैँ उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका…