काठमाडौँ। पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भारतका विदेशसचिव विक्रम मिस्रीले शिष्टाचार भेट गर्नुभएको छ। नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिस्रीले सत्ताको प्रमुख घटक कांग्रेसका सभापति देउवासँग उहाँको निजी निवास बूढानीलकण्ठ पुगेर भेट गर्नुभएको हो। भेटमा नेपाल–भारत द्विपक्षीय हितका विषयमा छलफल भएको सभापति देउवाले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको छ।…